निर्मला घटनाबाट पाठ सिक्दै भागरथीको हत्यारा महेन्द्रनगरबाट पक्राउ गर्न प्रहरी सफल
अनुसन्धानको पहिलो चरण समाप्त भएको प्रहरीको दावी

बैतडीको दोगडाकेदार गाउँपालिका–७की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ | शंकित व्यक्तिलाई शनिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्रिएको प्रहरीले जनाएको छ ।
भागरथीको घटनाको दिन उक्त व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको र खोचलेक बजारको एक पसलमा चाउचाउ किनेर खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ । भागरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि भीरकट्या बाटो हुँदै गएको पाइएको छ | शंकित व्यक्तिको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको छ प्रहरीले जानेको छ |
घटनाको अनुुसन्धानमा खटिएको प्रहरी नायब उपरीक्षकका अनुसार महेन्द्रनगरबाट भारत भाग्न लागेको आशंकामा पक्राउ परेका उक्त व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै रहेका प्रहरीले जनाएको छ |
घटनामा उनको संलग्नता छ छैन अझै पनि पुुष्टि हुन् सकेको छैन | भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट पछी मात्र पुस्टि हुने जनाइएको छ ।
भागरथी घटनाको अनुनसन्धानका लागि उच्च प्रविधि अपनाइएको कारण प्रक्राउ परेको बताइएतापनि अनुसन्धानको क्रम जारी रहने सुदुर पश्चिम प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उत्तमराज सुवेदीले बुधाबर साँझ विविसी नेपालीलाई बताउनुभयाे । वहाँले निर्मला पन्तको घटनाका गल्तीहरुलाई दोहोरीन नदिने कुरामा सजग भएर अनुसन्धान गरेका छौँ र यसले सफलता प्राप्त भएको बनाउनुभयो । वहाँले समाजमा नै घटनाहरु हुने, अपराधीहरु पनि समाजमै रहने र सूचना पनि समाजबाट नै प्राप्त हुने भएकोले प्रहरी र जनताबीचमा नजिकको सम्बन्ध हुनुपर्ने र यस्ता घटनाका बारेमा हामीलाई समाजबाट खुलेर सूचना दिने परिस्थितिको सिर्जना भएकै कारण यो अनुसन्धान यो तहसम्म आएको बताउनुभयो ।
नेपालमा बलात्कारपछि सूचना बाहिर आउने र अपराधीहरुको बारेमा सूचना नहोस् भनी हत्या गर्ने प्रवृत्ति बढीरहेको कुरा स्वीकार गर्नुहुँदै वर्तमान समयमा सामाजिक सञ्जालका कारणबाट नै समाजमा यस प्रकारका घटनाहरु बढिरहेका वहाँले बताउनुभयाे ।