वेवारिसे राँगा बरामद
चोरी निकाशी

बेबारिसे अवस्थामा छोडिएका राँगा सोमबार बेबारिसे राँगा बरामद गरिएको छ ।
बिहान साढे नौ बजेको समयमा गुलरिया नगरपालिका वडा न. ११ स्थित गणेशपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका दुई जीउ राँगाहरु बेबारिसे अवस्थामा रहेकोमा वरामद गरी अवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बरामद परिएका दुई जीउ राँगाको मूल्य अन्दाजी ७० हजार रहेको छ ।