जमुनाहा नाकामा हेल्थ डेक्स
कोरोना संक्रमण जोखिम

बाँँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा हेल्थ डेक्स संचालन गरिएको छ ।
छिमेकी मूलुक भारतका बिभिन्न शहरमा कोरोना संक्रमण पुनः फैलिएपछि बिभिन्न कामको शिलशिलामा भारत गएर नेपाल फर्कने मानिसहरुबाट संक्रमण भित्रिन सक्ने खतरालाई मध्यनजर गर्दै नाकामा हेल्थ डेक्स संचालन गरिएको हो । भारतका केही स्थानमा कोरोना संक्रमण फैलिएका कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मूख्य नाकाहरुमा एन्टीजेन जाँच गर्ने निर्देशन अनुसार बाँकेको जमुनाह नाकामा कोरोना परिक्षण गर्न हेल्पडेस्क स्थापना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।
उनले भारतका प्रभावित स्थानबाट नेपाल भित्रिएका ज्वरो आउने शंकास्पद मानिसहरुको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरेर पोजेटिभ भएकालाई उपचारको ब्यबस्था गर्ने र नेगेटिभ रिपोर्ट आएकालाई सुरक्षित तरिकाले घरमा गई क्वारेन्टाईनमा बस्न आग्रह गर्ने गरेको बताए ।
समाचार स्रोत : मेरो खुशी डट कम