अस्ताए लुम्बिनीका तारा

दु:खद खबर

समग्र लुम्बिनी प्रदेशको शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रमा समर्पित अग्रज व्यक्तित्व हिमलाल ज्ञवालीको आइतबार निधन भएको छ ।
नवलपरासी वर्दघाट निवासी ज्ञवाली पछिल्लो समय मुटु सम्बन्धी समस्याबाट ग्रसित हुनुभएको थियो । गंगालाल हृदय केन्द्रमा शल्यक्रिया भएपश्चात पिसाव सम्बन्धि समस्याले पीडित हुनुभएको थियो ।
वहाँको निधनमा लुम्बिनी वाङ्मय प्रतिष्ठान बर्दियाले आज श्रद्धाञ्जली व्यक्त गर्दै लुम्बिनी वाङ्गमय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष वहुआयामिक व्यक्तित्व, सामाजिक अभियन्ता हिमलाल ज्ञवालीको मिति २०७७।१२।१५ गते भएको असामयिक निधनले लुम्बिनी प्रदेशको साहित्यिक, शैक्षिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । प्रतिष्ठान बर्दियाका अध्यक्ष मणि शर्मा र सचिव प्रभात सुवेदीद्वारा हस्ताक्षरित शोक विज्ञप्तीमा वहाँको समर्पणभाव, लगनशीलता, सकारात्मक सोच र मानव भएर जन्मेपछि केही सकारात्मक कर्महरुमा समर्पित भइरहनुपर्छ भन्ने व्यक्तित्व र छवीका कारण सबैसँग अत्यन्तै समानान्तर सम्बन्ध राख्नुहुन्थ्यो भन्ने उल्लेख गर्दै वहाँको निधनले यस क्षेत्रका हामी सम्पूर्ण साहित्यप्रेमी, लेखक, शैक्षिक, सामाजिक तथा प्राज्ञिक व्यक्तित्वहरु अत्यन्तै मर्माहत भएको कुरा उल्लेख गरिएको छ ।

वहाँकै अध्यक्षतामा बर्दियामा सिर्जनशील प्राविधिक शिक्षालयको स्थापना तथा सञ्चालनका लागि जग्गा व्यवस्थापनको कार्य अगाढी बढिरहेको थियो ।

स्वर्गीय हिमलाल ज्ञवालीप्रति समग्र नेपाल अनलाइन परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button