वन्यजन्तु मुद्दाका फरार अभियुक्त पक्राउ
अपराध अनुसन्धान

जिल्ला प्रहरी कार्यालय बर्दियाले वन्यजन्तु चोरी निकारी मुद्दामा फरार चार अभियुक्तलाई पक्राउ गरेको छ ।
२०७३ असार १६ गतेको जिल्ला अदालत बर्दियाको फैसलाले वन्यजन्तु चोरी निकासी मुद्दामा जनही पाँच हजार रुपैया जरीवाना तोकीएकोमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको हो ।
बाँसगढी नगरपालिका चेपाङ प्रहरी चौकीको टोलीले आज उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नायव उपरीक्षक हम बहादुर शाहीले बताउनुभएको छ ।
पक्राउ पर्नेहरुमा बाँसगढी नगरपालिका वडा नं. १ का ६३ वर्षीय तुल बहादुर वि.क., वर्ष ४८ की कौशिल्या वि.क., वर्ष २९ को टेकराज थापा र वर्ष ४७ को लिल बहादुर थापा रहेका छन् ।
तस्वीर : जिल्ला प्रहरी कार्यालय बर्दिया ।