शङ्कास्पद हिँडाईले फँसायो बर्मालाई

शङ्कास्पद हिँडाइका कारण बर्दियामा एक व्यक्ति लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका छन् ।

सोमबार प्रहरी चौकी कालिका बर्दियाबाट प्र.स.नि. सन्त बहादुर पालको कमाण्डमा खटिएको टोलिले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ८ ईट्टा भट्टा नजिकै गुलरिया नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४१ को राजेन्द्र बर्मालाई शंकास्पद रुपमा हिडिरहेको देखी खानतलासी गर्दा निजको साथबाट ३१० मिलिग्राम ला.औ. ( ब्राउन सुगर) फेला पारीएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताउनुभएको छ ।

निजलाई कानून बमोजिम पक्राउ गरी लागु औषध मुद्दामा आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको बर्दिया प्रहरीले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button