१५ दिनमा १६ पक्राउ

“फैसला कार्यान्वयन” अभियान अन्तर्गत बर्दिया प्रहरीले १५ दिनमा १६ जना पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको जनाएको छ ।
पक्राउ परेका मध्ये ३ जना महिला र १३ जना पुरुष रहेका छन् । पक्राउ परेका कसुरदारहरु मध्ये न्यूनतम कैद अबधी ११ दिनदेखी अधिकतम २० बर्ष सम्म रहेका छन् ।उनीहरुको कुल कैद भुक्तान अबधी ३२ बर्ष ६ महिना १९ दिन र ६२ हजार पाँच सय रुपैंया जरिवाना रहेको छ ।
कसुरदारहरु मध्ये ४ जना लागु औषध, जबरजस्ती करणी, अप्राकृतिक मैथुन र कर्तव्य ज्यान जस्ता जघन्य अपराध मुद्दाका रहेका प्रहरी निरीक्षक सुशिल थापाले जनाउनुभएको हो ।