किराना सामान बरामद

गत शुक्रबार ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको गस्ती टोलीले बेबारिसे किराना सामान बरामद गरेको छ ।
बढैयाताल गाउँपालिका वडा नं. ६ स्थित लोखरपुर जाने बाटोमा पुग्दा बेवारिसे अवस्थामा बोराहरुमा किराना सामानहरु भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बरामद बोराहरुमा रहेका सामग्रीहरुको मूल्य अन्दाजी रू. ३५७५०।– रहेको र ती सामानहरुलाई कानून बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशिल थापामगरले जानकारी दिनुभएको छ ।