बर्दिया बढैयातालका युवा सहित भेरी अस्पतालमा आठको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ ।

बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उनले बताए । ५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति ८ः५५ बजे मृत्यु भएको हो ।

यसैगरी ४३ वर्षीया महिलाको बुधबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृ’त्यु भएको हो । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको आज विहान ८ बजे मृत्यु भएको छ । यही वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएकोमा १२ गते अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युसँगै कोरोनाबाट बाँकेमा ज्यान गु’माउनेको संख्या १०७ पुगेको छ ।

भेरी अस्पतालमै कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि आज बिहान ७ः५० बजे मृ’त्यु भएको छ । नेपालगञ्ज–१४ का ६० वर्षीय, नेपालगञ्ज–९ का ४२ वर्षीय, नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ओलीले जानकारी दिए ।

ओलीका अनुसार नेपालगञ्जका ६० वर्षीय पुरुषको वैशाख ६ गते संक्रमण पुष्टि भएकोमा बुधबार मात्रै भेरी अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएकै दिन बुधबार राति ९ बजे उनको मृ’त्यु भएको हो ।

बाँकेकै ४२ वर्षीय पुरुषमा वैशाख १० गते संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा भर्ना गरी सबै आवश्यक औषधि प्रयोग गरी उनको उपचार थालिए पनि बुधबार राति १० बजे उनको मृ’त्यु भएको ओलीले बताए ।

बाँकेकै ५५ वर्षीय पुरुषको वैशाख १० गते नेपालगञ्ज मेडिकल कलेजमा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै नेपालगञ्ज मेडिकल कलेजमा उनलाई भर्ना गरिएको थियो ।

तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई बुधबार भेरी अस्पतालमा लगिएको थियो । सबै प्रकारका औषधि प्रयोग गरी उपचार थालिए पनि उनको बिहीबार बिहान ५ः३० बजे मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

बर्दियाका ३२ वर्षीय पुरुषको वैशाख ९ गते गरिएको पीसीआर परीक्षणमा संक्रमण देखिएको थियो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार भेरी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान १ः३० बजे उपचारकै क्रममा मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

बर्दियाका ३२ वर्षीय पुरुषको मृ’त्यु भएसँगै उपचारका लागि बाँकेका बिभिन्न अस्पतालमा आएका बाहिरी जिल्लाका १०९ जनाको मृत्यु भएको ओलीले बताए ।

समाचार स्रोत : समाजपात्रो डटकम

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button