झिनो आशामा जिन्दगी : शरदचन्द्र ओझा “मेदिनीराज”
कविता

बेलाबखतको जिन्दगी,
अचरजको जिन्दगी,,
कहिले फुक्का यो जिन्दगी,
कहिले राहतको जिन्दगी,,
मिलौ उडन सक्छ यो जिन्दगी,
कहिले महिनौ कैदमा जिन्दगी,
सुनसान सडकको एक बटुवा झैँ,
कहिले गुमनाम जिन्दगी,,
उठदै सुत्दै फेरी उठ्दै सुत्दै,
लाटोकोसेरो भो जिन्दगी,,
कहिले सन्जालमा जिन्दगी,
कहिले जन्जालमा जिन्दगी,,
टाढा कुनै गाडीको आवाज सुन्यो,
साईरन भो जिन्दगी,
कहिले कोठामा जिन्दगी,
अनि बस्छ चोटामा जिन्दगी,,
सानो ईच्छा र आकाँक्षा भो जिन्दगी,
बाच्ने आशा भो जिन्दगी,,
बेसार पानीको साथ भो जिन्दगी,
हात धुँदाधुँदा हैरान यो जिन्दगी,
मुखभरीको मास्क भो जिन्दगी,
भ्याक्सिनको आस भो जिन्दगी,
कहिले राजनितिको चाल भो जिन्दगी,
बिघटनले घात भो जिन्दगी,
कतै सपनाको रामराज्य भो जिन्दगी,
सत्ययुगको कल्पना यो जिन्दगी,
खुल्ने आशमा परेसान छ जिन्दगी,
नखुल्ने सुन्दा सुकेनास जिन्दगी,
ईतिहासको भुमरीमा छ जिन्दगी,
तैपनी झिनो आशमा जिन्दगी ।
तैपनी झिनो आशमा जिन्दगी