गजल : चिरञ्जीवी ढकाल
सिर्जना

गजल
गठबन्धनले सीमा, नाग्न थाल्यो।
लिक छोडेर बाहिर,भाग्न थाल्यो।
लोकतन्त्रका, हिमायती भन्नेको,
व्यवहार त अनौठो,लाग्न थाल्यो।
बटुलेर लोभी, पापीहरु लाई,
अस्मिता माथि निसाना,दाग्न थाल्यो।
सान्त तलाउमा, हाने झैँ भो ढुंगा,
जन मनमा तरङ्ग, जाग्न थाल्यो।
निस्कौं सडकमा, गाउँ गाउँ बाट,
माटोले फेरि रगत, माग्न थाल्यो।
***
ने ग उ म न पा -२०
राँझा एयरपोर्ट बाँके
चिरञ्जीवी ढकाल