प्रलेस बर्दियामा जोशी

प्रगतिशिल सिर्जनाका माध्यमबाट स्थापनाकालदेखि प्रगतिवादी धारालाई पछ्याउँदै सामाजिक सचेतना र सकारात्मक रुपान्तरणका लागि कलम चलाउँदै आएका प्रगतिशित लेखक सङ्घ बर्दिया शाखाको पाँचौ जिल्ला सम्मेलन बर्दियाको गुलरियामा शुक्रबार सम्पन्न गरिएको छ ।
गुलरिया स्थित मिरर होटलमा सम्पन्न गरिएको सम्मेलनबाट हरि प्रसाद जोशीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा शेखर दहित, सचिव वामदेव ज्ञवाली, कोषाध्यक्ष प्रकाश पौडेल, सह–सचिव गिताञ्जली पछलड्ङ्गीया चयन हुनुभएको छ भने सदस्यहरुमा निरज बाबु, कालीराम थारु, शुशिल ज्ञवाली, मान बहादुर चौधरी र प्रभात सुवेदी ‘अर्धव्यास’ रहनुभएको छ ।
यसैगरी सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष मुकुन्द सुवेदी, प्रलेस लुम्बिनी प्रदेश कमिटी सदस्य बजारे थारु ‘शुशिल’ र दशरथ थारु ‘सुदिन’ रहनुभएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button