योगी र गाइनेलाई बुटवलमा भब्य स्वागत

गौमाता र लोक संस्कृतिको संरक्षण अभियान

योगी पिताम्बरको सङ्कल्पमा ठिक बाइस दिन अघि महाकालीको हरिहर घाटदेखि गौ तथा नेपाली लोक बाजा र लोक संस्कृतिको संरक्षणको अभियानका साथ शुरु गरिएको महाकाली मेचीको पैदल यात्रामा सहभागी हुनुभएको योगी पिताम्बर र लोक गायक तथा कुशल सञ्चारकर्मी शेर बहादुर आचार्य गाइनेलाई बुटवलमा सोमबार भब्य स्वागत गरिएको छ ।
आठ हजार विद्यार्थीहरू अध्ययन गर्ने नेपालकै सबैभन्दा ठूलो विद्यालय कालिका मानवज्ञान विद्यालयले वहाँहरुलाई स्वागत गरेको हो । विद्यालयका शिक्षक तथा प्रविधिमैत्री शिक्षक समाज नेपाल लुम्बिनी प्रदेश अध्यक्ष ईवराज तिवारीको नेतृत्वमा स्वागत कार्यक्रम गरिएको हो ।
वहाँहरुलाई स्वागत गरिएलगत्तै विद्यालयमा एक औपचारिक कार्यक्रममार्फत कक्षा ९ का दुई सय विद्यार्थीहरुको उपस्थितीमा विद्यालयलका प्रधानाध्यापक दिनेश थापाले स्वागत गर्नुभएको थियो । प्रधानाध्यापक थापा पनि लोक सङ्गीतको पारखी र साधक भएका कारणले वहाँले पनि सारङ्गी बजाउँदा शेर बहादुर आचार्यले गीत गाउनुभएको थियो । कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई योगी पिताम्बरले गौमाताको र गाइनेले नेपाली लोक बाजा र लोक संस्कृतिको महत्वका बारेमा परिचर्चा गर्नुभएको थियो ।
सामाजिक विषयका शिक्षक राजु शर्माले संयोजन गर्नुभएको कार्यक्रमको सहजीकरण भने विद्यालयका शिक्षक ईवराज तिवारीले गर्नुभएको हो ।

तस्बीरहरु : ईवराज तिवारी

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button