सूत्रोपहार – के हो शिखा के हो सूत्र ? – किशोर कुमार गौतम

आलेख

सूत्र र शिखा हाम्री मातृभूमिले मानव जातिलाई दिएको अनुपम उपहार हो । गौरी शङ्करको प्रसाद विश्वकै सर्वोच्व स्थानबाट जनजनमा पु¥याउने सत्संकल्प हो ‘कृण्वन्तो विश्वमार्यम ।
सुन्दा सत्य अपत्यारिलो लाग्न सक्छ तर यही वास्तविकता हो र सत्य हो ।
‘हिरण्यमयेन पात्रेण सन्त्यस्यापिहितं मुखम्
तत्व पूषन्नपावृणु सत्यधर्माय दृष्टये ।।’
सुवर्णको पत्रले सत्य ढाकिएको छ । तत्व संयम साथ सतर्क भई विर्को उघारे देखिन्छ ।
वेदको यो कथन मिथ्या होइन । प्रारम्भमा मानिस पशु सरहकै प्राणी थियो । पृथ्वीतलमा स्वर थियो, शब्द थिएन । वस्तु थियो, प्रयोग थिएन । कुशमा सूत्र फेला परेपछि पशुबाट मानिस छुट्टियो । कुशमा भेटिएको सूत्रतन्तुले पशुतुल्य मानिसमा अभूतपूर्व परिवर्तन ल्याइदियो । असम्भवलाई सम्भव तुल्याइदिने दक्षता बढाइदियो । कुशमा भेटिएको सूत्रतन्तुले स्वरलाई शब्दमा, शब्दलाई वाक्यमा, वाक्यलाई वाणीमा, ग्रन्थीलाई अक्षरमा, अक्षरलाई सूत्रमा, सूत्रलाई शास्त्रमा परिवर्तित गराई दियो । सूत्रको शास्त्रोक्त चित्र काढी दियो । शिखा सूत्र र शास्त्रका प्रामाणिक विधि र प्रविधि जान्ने, बुझ्ने, सम्झने, जोड्ने, घटाउने, पढ्ने, पढाउने परम्परा बसाली दियो ।
सूत्र र शिखाको ज्ञान शिक्षा हो र सूत्र र शिखाबाट प्राप्त बौद्धिक उपलब्धि विद्या हो भन्ने मान्यता स्थापित गराईदियो । यसै मान्यताका भरमा विश्वभरिका शिक्षालयहरूले सूत्र र शिखाका बारेमा विस्तृत ज्ञान गराइदिन थाले । पढ्नु भनेको सूत्र र शिखा (Formula & Figure) को निर्देशन बुझ्ने क्षमता वृद्धि गर्नु गराउनु हो भन्ने भयो भने सूत्र र शिखाले दिएको निर्देशन अनुरुप गरिने सम्पूर्ण कार्य प्रविधि हो भनियो । सूत्र सुक्ष्म प्रतिकात्मक अभिव्यक्ति हो । सृष्टि पहिले शून्य थियो पछि पनि यो शून्य मै विलिन हुने हो भन्ने कुरा जनाउन हाम्रा पूर्वजहरुले सानो मसिनो शून्यलाई सूत्ररुपमा जनाउन, सानो मसिनो झिनो थोप्लो प्रयोग गरे ।
ॐ कारको माथि शिरमा अङ्कित मसिनो सानो झिनो थोप्लो शून्यकै प्रतिकात्मक सूत्राभिव्यक्ति हो । शून्यको प्रतिक शून्य नै हुन्छ । शून्यको अर्थ केही नहुनु हो । केही छैन भन्ने प्रतिकात्मक चिह्न बनाउन ब्याकरणले वृत्ताकार सानो गोलो मुन्द्रीका आकारको गोलो–बिन्दु नै कोर्ने गरेको छ ।
बिन्दु सानै हुँदा आँखाले ठम्याउनै नसकिने र ठूलो विस्तारित हुँदा नअटाउने हुन्छ । विस्तृत शून्यको स्वरुप शून्याकाश जत्रो र जस्तो हु्न्छ । आर्यहरू ईश्वर, परमात्मा, ब्रह्मलाई शून्याकाश भनी प्रतीकका रुपमा बिन्दुको प्रयोग गर्दछन् । ॐलाई प्रतिकात्मक दृश्याभिव्यक्ति मान्दछन् र शब्दलाई शब्दब्रह्म पनि भन्दछन् ।
ॐमा अङ्कित प्रतिपदाको चन्द्रमाले ब्रह्म, प्रतिपदाको चन्द्रमा जति मात्र दृश्याभिव्यक्त हुन्छ भन्दछन् । ॐको ‘अ’ मा दीर्घ ‘ऊ’ को मात्रा, ‘ब्रह्म’ अनदि, अनन्त, अखण्ड, अभेध, अनुपम छ र दीर्घ छ भनी अथ्र्याउँछन् । ‘ॐ’ लाई शब्द ब्रह्म र अक्षर ब्रह्म मान्दछन् ।
पशुतुल्य मानिसमा पशुका सबै लक्षण प्राकृतिक रुपमा स्वयमेव विद्यमान थिए, बोल्न नजाने पनि चिच्याउन सक्दथे । सूर्यमा विष्फोट भएर चन्द्रमा र पृथ्वी छुट्टिएर टाढिए जस्तै पृथ्वीमा विष्फोट भएर एशियाको मूलभूमिबाट, अफ्रिका, अष्ट्रेलिया, अमेरिकाका साथै तमाम साना ठूला टापु अलग हुँदा एशियामा विशाल हिमालयको रचना भयो ।
हिमालयको शीर स्थानबाट अनेकौँ जलप्रपात प्रवाहित भई चारैतिर बग्न थाले, ओडार भञ्ज्याङ्ग बने । जल संगालिएका ठाउँमा जलचर र स्थल भएका ठाउँमा स्थलचर र नभचर किरा फट्याङ्ग्रा चरा पैदा भए ।
मानिस ओभानो न्यानो बास प्रशस्त भोजन र खाने पानी खोज्दै चदैचहार्दै उकालो लागे । जाँदा जाँदा पहाड पुग्यो । ढुङ्गाका कापमा बस्ने ग¥यो । प्रसस्त फलपूmल, सफा जल, अग्लो ठाऊँ जहाँ पायो त्यहीँ बस्यो । हिमाली पहाडी जीवन सगम सरल र सुरक्षित भेटायो । त्यसबेलासम्म मानिस वनचर नै थियो ।
वनमा हिँड्दा दुबो र कुश पन्छ्याएर, उखेलेर हिँड्दा लछारिएर र उखालिएका दुबो र कुशका डोबले गोरेटो बनायो । वनवन यताउता जानु भन्दा पुरानै डोबमा हिँड्न सजिलो लाग्यो ।
फलपूmल र पानी खाएर हिँड्दा ओडार नगीच पुगरे आफ्नै पेट भित्रबाट वायु गुजुल्टिएर मुखबाट विना प्रयास अ कक उ कक म कक गर्दे स्वर प्रस्फुटित भयो । ओडार अगाडि निस्किएको स्वर प्रतिध्वनि भएर उही स्वरमा फर्किएको सुनेर वनचर झस्कियो । ओडार भित्रवाहिर कुनै अस्तित्व देखेन । के होला ? भनी विचार गर्दै थियो । अरुले डकार्दा पनि अ कक उ कक म कक को नै पुनरावृत्ति भइराख्यो ।
ओडार भित्र शिवलिङ्गका रुपमा स्वनिर्मित आकृति देख्यो र यसैले नै स्वर झिक्यो भन्ने मान्यो । अ कक उ कक म कक का साथै अन्य स्वर झिक्नु कौतुक बन्यो ।
खेल खेलमा भिन्न भिन्न व्यक्तिले भिन्न भिन्न स्वर झिके ओडारले पनि भिन्न भिन्न व्यक्तिका भिन्न भिन्न स्वरमै स्वर झिक्यो । स्वरको भिन्नताले व्यक्तिको भिन्नता र स्वरको भिन्नता छुट्टयाउन मानिसले दुबो र कुशका सूत्रको प्रयोग ग¥यो । कुश यत्र तत्र सहजै उपलब्ध थियो । प्रत्येक व्यक्तिले आ–आफ्नो स्वरै पिच्छे कुश र दुबोको गुजुल्टो बनाए स्वरपिच्छे गुजुल्टो र गुजुल्टोपिच्छे स्वर झिक्ने अभ्यास गरे । ती गुजुल्टा ब्यक्ति परिचय र स्वर परिचयका साधन बने ।
दुबो र कुश उखालिएर, लछारिएर बनेका डोवले बास र गास कता छ भन्ने मार्ग निर्दिष्ट ग¥यो भने सूर्य कता उदाउँछ, कता अस्ताउँछ भन्ने ज्ञान पनि दियो । कुशले नै व्यक्ति चिन्ने र स्वर चिन्ने गरायो, यति जान्नु नै बोल्न नजान्ने मानिसका लागि पर्याप्त लागे पनि महात्मा पाणिनि यतिले सन्तुष्ट भएनन् । गुफामा बसेर दुबो र कुशको सूत्र र गुफाको प्रतिध्वनिलाई अनुसन्धानको साधन बनाए । लामो प्रयासले पाणिनिको साधना सफल भयो । हर्ष विभोर पाणिनि स्वयंले उखालेका दुबो र कुशका सूत्र गुफाको प्रतिध्वनिलाई चौदह शब्दसूत्रको ग्रन्थी शिखावद्ध गरी श्रावण शुक्ल पूर्णिमाका दिन शिवार्पण गरी शिवशक्तिको पूण्य प्रसाद आफूले ग्रहण गरेर लोकलाई शिखा सूत्र ग्रहण गर्ने सङ्कल्प गराए । त्यसै दिन ‘कृण्वन्तो विश्वमार्याम्’ को सङ्कल्प लिइएकाले श्रावणशुक्ल पूर्णिमा ज्ञान–विज्ञान, सूत्र–शिखा र रक्षा दिवसका रुपमा मनाइने परम्परा बस्यो । कुशा ग्रहण र गुरूपूर्णिमा मनाउने क्रम बढ्दै गयो । भारतवर्ष बौद्धिक, आर्थिक क्षेत्रमा सम्पन्न भयो । सम्पन्नताले चुलीमा पुग्यो । सम्पन्नताले सुविधा भोगी समाज विलासी प्रमादी बन्दै गयो । सूत्राक्रमण गरेर द्वन्द्वको रचना ग¥यो र सम्पन्न भारतवर्षको ठूलो भूखण्ड खण्डित मण्डित भयो ।
महाभारत कालमा विनाशलीला देखेको क्षेत्रले दोस्रो विनाशलीला देख्यो । करोडौं करोड नागरिक आफ्नै जन्मभूमिमा पराजित भएर शत्रुको दास बनी जीवन विताउन वाद्य भए । तर, अत्यन्तै झिनो जनसंख्या भएको नेपाल भने अन्तसम्म देवभूमि, देवायल, देवनागरी, देववाणी, देव संस्कृति जोगाउन युद्ध भूमिमा युद्धरत रही अपराजिता भारत माताको मर्यादा स्थापित गर्न सफल भयो ।
अपराजीत नेपालको चन्द्र सूर्य अङ्कित वैदिक राष्ट्रध्वज विश्वको शिखरमा अनादि कालदेखि आजसम्म अविरल लहराई फहराई ‘कृण्वत्तो विश्वमार्याम्’ को सन्देश सूत्ररुपमा दिँदै आएको छ । नेपाल अपराजित भूमिको साक्षत् प्रतिमाका रुपले स्तुत्य छ ।

                                                                                                                        असल संगत चारसमी वरदिया

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button