स्वेदशको कमाइ : पैसा र खुशी दुबै (यात्रा काठमाडौंको : भाग ३) – प्रभात सुवेदी

काठमाडौंमा एउटा गज्जपको सेवा निकै लोकप्रिय हुँदै गएको रहेछ । मोटरसाइकलको हेण्डिलमा मोबाइललाई एउटा स्ट्याण्डमा अडएर एकोहोरो घोप्टिँदै गुगल म्याप खोलेर हेर्दे थिए एक युवा । उनले अनलाईन पठाओ बुकिङ कुन स्थानबाट भएको रहेछ भनेर हेरेर फोन गर्ने तर्खर गरिरहेका थिए ।
काभ्रेका पासाङ लामाले पठाओ चलाउन लागेको करिब पाँच महिना भइसकेछ भने धनगढीका नारायण धितालले पठाओमा काम गर्न लागेको भर्खरै महिना दिन भएको रहेछ ।
धनगढीका नारायण धिताल खासगरी वैदेशिक रोजगारका लागि तयारी गर्दा गर्दैको खाली समयलाई सदुपयोग गर्नका लगि यसरी पठाओमा आवद्ध भई मोटरसाइकलका माध्यमबाट सेवा प्रदान गर्दै आइरहेका रहेछन् । उनी निकै विद्धान र पढेलेखेका रहेछन् । उनीसँग म मामाघर बानियाटार धनेश्वर मन्दिरदेखि एयरपोर्टसम्म आउने क्रममा धेरै कुराकानी भएको थियो । उनीसँगको अन्तरङ्गले मैले पनि धेरै कुरा सिक्ने अवसर पाएँ । आफ्ना दुःखसुखका कुराहरू पनि साटासाट गरेँ । एयरपोर्टसम्म पुग्दा निकै नजिकिएका थियौँ हामी । उनको विद्वत्ताबाट म पनि निकै प्रभावित भएँ । नारायणले वैदेशिक रोजगारका लागि लगभग सबै प्रकृया पूरा गर्ने लाग्दा यो व्यवसायले पनि निकै आकर्षित गरेको बताउनुभयो । तर कहिलेकाहीँ भने तिता घटनाहरूले मन कुडिने गरेको बताउनुभयो । २३ श्रावण बिहान एकजना व्यक्ति मादक पदार्थ सेवन गरी पठाओमा आए उनलाई निदृष्ट स्थानमा पु¥याउने क्रममा आफूलाई मोटरसाईकल चलाउन आउने भएकोले चलाउन दिनका लागि जबरजस्ती गरे तर मादक पदार्थ सेवन गरेको मानिसलाई उनले आफ्नो सवारी साधन जानी जानी चलाउन दिन भएन । यसरी उनले मोटरसाइकल चलाउन नदिएको झोकमा मोटरसाइकलमा क्षति पु¥याइदिएको तीतो अनुभूति सुनाए । हुन पनि पछाडि बस्दा खुट्टा टेक्ने सपोर्ट नै भाँचिएको रहेछ । यसरी यो पेशाबाट पनि मानिसका असुरक्षित व्यवहारबाट त्यति सन्तुष्टि लिने ठाउँ नभएको उनले बताए । उनी छन्द कवितामा पनि निकै शोखिन रहेछन् । केही छन्दहरुको नाम सहित उनलाई सूत्रको बारेमा ज्ञान रहेछ । मैले चावहिल हुँदै सिनामङ्गल जाने क्रममा केही गीत र कविताहरू पनि सुनाएँ ।
काभ्रेका सोनाम लामा भने वैदेशिक रोजगारबाट फर्केर पठाओमा आवद्ध भई काम गर्न लागेको बताए । उनले भने विदेशमा ३० हजार मासिक कमाइ हुन्थ्यो तर यहाँ भने ४० देखि ५० हजार सम्म आम्दानी भएको बताए । काठमाडौंमा महङ्गी भएकाले उनी सधैं घरबाट नै अपडाउन गरेर सेवा दिने गरेको बताए । उनले आफूलाई यो पेशाबाट भरपूर सन्तुष्टि मिलेको बताए । रोेजगारी नपाइएको अवस्थामा आफूले राम्रोसँग मोटरसाइकल ड्राइभ गरेर घरमै आफ्नो परिवारसँग बसेर सँगसँगै रमाउन पाएकोमा उनीमा खुशी छाएको उनीबाट आएको भावनात्मक अभिव्यक्तिले प्रष्ट हुन्थ्यो ।
आजभोलि काठमाडौं लगायतका केही सहरहरुमा यस प्रकारका सेवाहरू विस्तार हुनाले यात्रा गर्नेहरूका लागि पनि निकै सहज भएको र वेरोजगार युवाहरूलाई कमाउनका लागि एउटा राम्रो माध्यम बनेको छ । अझ यतिसम्म कि कोही कोही अफिस जाने युवाहरूले पनि विहान बेलुकीको समयमा पठाओ, टुटल, इनड्राइभर लगायतका कम्पनीमा काम गरी आफ्नो लागि पकेट खर्चको जोहो सजिलै गरेका रहेछन् ।
शुरु शुरुमा निकै चुनौतिपूर्ण तरिकाबाट स्थापित भएका यी सेवाहरू पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका छन् । मैले पनि यसपटकको काठमाडौंका यात्रामा पहिलोपटक यस प्रकारको सेवाबाट लाभ लिने अवसर पाएँ । एउटै कुरा के भने मोटरसाइकल वा स्कुटर चलाउनका लागि भपपर्दाे र सुव्यवस्थित बाटोघाटो नहुँदा बर्खा र हिउँदको समयमा निकै सकस हुने गरेको पाइयो । घाम लागेको समयमा धुलाम्मे र पानी परेको समयमा हिलाम्मे सडक हुने भएकाले यसमा यात्रा गर्न पनि उत्तिकै जोखिम मोल्नुपर्ने वाद्यता देखियो ।
ट्याक्सीमा चढ्दा बढी पैसा खर्च हुने र सार्वजनिक सवारी साधनमा चढ्दा असुरक्षा र जाममा पर्दा ढिलो हुने समस्याबाट मुक्त पाउनका लागि यस प्रकारका सेवाहरु निकै प्रभावकारी र सुरक्षित भएको पाइयो । सेवा प्रदायक संस्थालाई मात्र २० प्रतिशत बुझाएर आफूले ८० प्रतिशत राख्न पाउने भएकाले पनि अहिले काठमाडौंमा पठाओ, टुटल, इनड्राइभरबाट सेवा दिनेहरूको जताततै भिडभाड देखिन्छ ।