बाबाकुट्टी मेला: संस्कृति, सेवा र सरसफाइको उदाहरणीय संगम

खजुरा, बाँके । खजुरा गाउँपालिका–४ मा मिति २०८२/१०/०९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको मुसकटवा बाबा मेला (बाबाकुट्टी मेला) भव्य, शान्तिपूर्ण र उत्साहजनक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। धार्मिक आस्था, सांस्कृतिक विविधता, स्थानीय व्यापार र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने यो मेला स्थानीय समुदायका लागि ऊर्जा र उत्सवको केन्द्र बनेको आयोजकले बताएका छन्।

मेलाको समापनपछि मेला परिसर तथा आसपासका क्षेत्रमा फोहोर छरिएको अवस्थालाई मध्यनजर गर्दै आयोजक ब्रोदर्श एफ. सी. क्लब का सदस्यहरू दुई दिनसम्म निरन्तर खटिएर ठोस फोहोर तथा प्लास्टिक व्यवस्थापन कार्य सम्पन्न गरेका छन्। वातावरण संरक्षणप्रति देखाएको यो जिम्मेवार पहलले मेलालाई केवल रमाइलो कार्यक्रम मात्र होइन, सामाजिक सचेतनाको सशक्त उदाहरण समेत बनाएको छ।

मेला सफलतापूर्वक सम्पन्न गर्न विभिन्न संघसंस्था, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय बासिन्दाको महत्वपूर्ण सहयोग रहेको आयोजकले जनाएको छ। यस अवसरमा ब्रोदर्श एफ. सी. का अध्यक्ष विवेक सागर पौडेल, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’, रेडक्रस सोसाइटी खजुरा उपशाखाका अध्यक्ष जिबनाथ सापकोटा, समाजसेवी झगबहादुर पौडेल, Elante Import & Export का CEO, खजुरा–४ का वडाध्यक्ष टेकबहादुर रोकाया, राजकुमार सुनार, राकेश पौडेल लगायत अन्य विशिष्ट व्यक्तित्व, सहयोगी संस्था, स्थानीय बासिन्दा तथा मेलामा उपस्थित भई गरिमा बढाउने सम्पूर्णप्रति आयोजकले हृदयदेखि आभार व्यक्त गरेको छ।

ब्रोदर्श एफ. सी. क्लबद्वारा सञ्चालित यस मेलाले धार्मिक आस्था सुदृढ पार्नुका साथै स्थानीय कला, संस्कृति र व्यापारिक गतिविधिलाई प्रोत्साहन गरेको सहभागीहरूको भनाइ छ। मेलाको शान्तिपूर्ण समापनपछि स्थानीय बुद्धिजीवी, शुभचिन्तक तथा क्लबका पदाधिकारीहरू मोहित थापा, भरत घर्ती मगर, अभिषेक खड्का, नमराज भण्डारी, लोकेन्द्र बुढाथोकी, नितेष खड्का लगायतको उपस्थितिमा समीक्षा कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

खजुरा गाउँपालिका वडा नं. ४ को डी गाउँस्थित ब्रोदर्श एफ. सी. परिसरमा सम्पन्न २०८२ मुसकटवा बाबा मेला को समापन समारोहका झलकहरूले मेलाको भव्यता र समुदायको एकतालाई स्पष्ट झल्काएको छ। आयोजक ब्रोदर्श एफ. सी. क्लबले आगामी दिनहरूमा पनि यस्तै सामाजिक, सांस्कृतिक र वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्न सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button