सैनिक भावना, सांस्कृतिक सेतु: भारतको यात्रामा नेपाली एनसीसीको प्रतिनिधिमण्डलले बलियो साझेदारी

नयाँ दिल्ली । नेपाली सेनाका प्रमुख एनसीसी महानिरीक्षक मेजर जनरल यम प्रसाद ढकालको नेतृत्वमा दुई अधिकृत र १६ एनसीसी क्याडेटको नेपाली प्रतिनिधिमण्डलले १५ देखि ३० जनवरीसम्म भारतको सफल भ्रमण पूरा गरेको छ।

यात्राकालमा प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित युद्ध स्मारक र इण्डिया गेटमा श्रद्धाञ्जलि अर्पण गरे। उनीहरूले देशको समृद्ध सांस्कृतिक धरोहरहरू पनि अवलोकन गरे।

२६ जनवरीको गणतन्त्र दिवसको परेडमा सम्मिलित भएका प्रतिनिधिमण्डलले अन्य देशहरूका प्रतिनिधिमण्डलहरूसँगै भारतका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई भेट्न पनि सफल भए। यी आदानप्रदान र सम्पर्कले दुई छिमेकी राष्ट्रबीचको पारस्परिक सहयोग र मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याएको बताइएको छ।






