बालेनको घरमा चोर पस्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ मा  प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र (बालेन) साहको काठमाडौंस्थित घरमा चोरी भएको छ ।

स्रोतका अनुसार हिजो साँझ करिब साढे ६ बजेतिर चोरी भएको हो । चोर समूहले सुनका गरगहना,नगद रकम र केही चरेसका थालसमेत लगेको बुझिएको छ ।

घटनाबारे जानकारी भए पनि साहकै घर असुरक्षित भएको सन्देश सार्वजनिक रूपमा जान सक्ने भन्दै उक्त विषयलाई हाल गोप्य राखिएको उच्च स्रोतले बतायो । प्रहरी टोली अहिले मुचुल्का उठाउन उनको घर जान लागेको छ ।

यसैबीच,चुनावी प्रचारका लागि पश्चिम नेपालको यात्रा गरिरहेका साह जुम्लासम्म पुग्ने योजना भए पनि घर चोरीको खबर पुगेसङ्गै अन्तिम समयमा कार्यक्रम स्थगित गरेर हतार हतार काठमाडौं फर्किएका छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button