राष्ट्रपति पौडेल चारदिने भ्रमणका लागि जापान पुगे

टोकियो । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल आज चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन्। उनलाई विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरे।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति काठमाडौंबाट टोकियोतर्फ प्रस्थान गरेका थिए।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागिता जनाउनु नै यस भ्रमणको मुख्य उद्देश्य रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

भ्रमणकालमा राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यस्तै उनले जापानका प्रधानमन्त्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपतिले जापानी व्यावसायिक समुदायसँगको भेटघाट गर्ने र जापानस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button