२०२६ चीन–लाओस मैत्री वर्ष घोषणा : दुवै राष्ट्रले सम्बन्ध सुदृढ पार्ने प्रतिबद्धता जनाए

काठमाडौँ। चीनका राष्ट्रपति तथा कम्युनिष्ट पार्टी अफ चाइना सेन्ट्रल कमिटीका महासचिव सी जिनपिङले बिहीबार लाओसका शीर्ष नेता थोङलुन सिसुलिथको पत्रको प्रत्युत्तर दिंदै सन् २०२६ लाई चीन–लाओस मैत्री वर्षका रूपमा घोषणा गर्न सहमति जनाएका छन्।
पत्रमा राष्ट्रपति सीले लाओसका राष्ट्रपति तथा लाओस पिपुल्स रिभोल्युशनरी पार्टी सेन्ट्रल कमिटीका महासचिव थोङलुन सिसुलिथसँग मिलेर मैत्री वर्षको अवसरमा विविध कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन्।
दुवै राष्ट्रले यस वर्षको माध्यमबाट ऐतिहासिक सम्बन्ध, कूटनीतिक साझेदारी र सांस्कृतिक आदान–प्रदानलाई अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। यस पहलले चीन–लाओस सम्बन्धमा नयाँ ऊर्जा थप्ने र क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।





