निर्वाचन आचारसंहिता उल्लङ्घन, सुर्खेतमा ‘द डेन्जरस स्कुल’ समूहका २५ जना पक्राउ

सुर्खेत। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सुर्खेत प्रहरीले ‘द डेन्जरस स्कुल’ नामक समूहका २५ जना युवाहरूलाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो वीरेन्द्रनगर–११ धुलियाबिट नजिकै तीनकुने चोकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो, जानकारी जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएकाे छ।
ल्ला प्रहरी कार्यालय श्राेतका अनुसार वीरेन्द्रनगर–३ तातापानीमा आधारित सो समूहले स्थानीय प्रशासनको अनुमति बिना कालो र सेतो रङको झन्डा बोकी मोटरसाइकल र्याली निकाल्दै सार्वजनिक शान्ति भङ्ग गरेको थियो। यसले आगामी निर्वाचनको आचारसंहिता तथा निर्वाचन कानुन उल्लङ्घन गर्दै सुरक्षा चुनौती सिर्जना गरेको उनीहरूले बताए।
खटिएको ३० जनाको विशेष प्रहरी टोलीले दिउँसो २:५० बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूसँगै ८ वटा मोटरसाइकल र ४ वटा स्कुटी समेत बरामद गरिएको छ।
निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्ने गरी बिना अनुमति र्याली निकाल्ने वा आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइनेछ। नियन्त्रणमा लिइएका २५ जनामाथि थप अनुसन्धान भइरहेको छ।





