कांग्रेसको ग्यारेन्टी: निर्वाचनपछि सिंहदरबार नजल्ने, गोली नचल्ने, विकासको नयाँ अध्याय सुरु हुने: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आगामी निर्वाचनपछि सरकारले नागरिकमाथि गोली चलाउने वा सिंहदरबार जलाउने काम नहुने कुराको ग्यारेन्टी कांग्रेसले मात्र गर्न सक्ने दाबी गरेका छन्।

सभापति थापाले भाद्र २३ र २४ का घटनाहरूको उदाहरण दिँदै मतदातालाई चेतावनी र भरोसा दिंदै भने, ‘फागुन २१ पछि २२ पनि आउँछ, अर्को वर्ष भाद्र २३, २४ पनि आउँछ। त्यसमा फेरि सरकारले गोली चलाउँदैन, सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कांग्रेसले मात्र दिनसक्छ। यो जिम्मा हामीले लिनेछौं, हामी गर्छौं। देश सम्हाल्ने काम हाम्रो हो।’

थापाले कांग्रेसले देशभित्रको अविश्वासलाई भरोसामा बदल्ने र आम नागरिकसँग संवाद गर्दै देशको विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबै क्षेत्र, मधेस–पहाड, युवा–बुढापाकासँग संवाद गर्ने र विदेशमा रहेका नागरिकहरूसँग समेत सम्पर्कमा रहने जानकारी दिए।

सभापति थापाले कांग्रेस देश परिवर्तन र आम नागरिकमा भरोसा जगाउने काममा पूर्णतया समर्पित रहने पनि स्पष्ट पारे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button