नेपाली चलचित्र क्षेत्रका चम्किँला तारा ‘राँते काइला’ सुनिल थापाको निधन

काठमाडौं। वरिष्ठ कलाकार सुनिल थापाको शनिबार बिहान निधन भएको छ। शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएका थापालाई तत्काल नर्भिक अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनी जीवनबाट बिदा भएका हुन्। बुवाकाे निधन भएको खबर पाएपछि थापाका छोराहरू फर्किने तयारीमा छन्। हाल उनीहरू भारतमा छन्।
उनको निधनसँगै नेपाली फिल्म र कला क्षेत्रका थुप्रै व्यक्तिहरू अस्पतालमै जम्मा भएका थिए। नेपाली फिल्म क्षेत्रमा उनी ‘राँते काइला’को उपनामले पनि परिचित थिए, यो नाम उनले चलचित्र ‘चिनो’ बाट पाएका थिए। सुनिल थापाको पछिल्लो अभिनय नेपाली फिल्म ‘एक्लो’ हो। फिल्मकाे नाम जस्तै आज उनी यो संसार छाडेर एक्लै बिदा भए।





