न्यायपरिषदमा २१३ उजुरी विचाराधीन, मात्र एउटै फर्स्याेट

काठमाडौं । जिल्ला र उच्च अदालतका न्यायाधीशमाथिका उजुरी छानबिन गर्ने न्यायपरिषदको दराजमा २१३ उजुरी विचाराधीन छन्। चालू आर्थिक वर्षको छ महिनामा परेका ६८ उजुरीमध्ये एउटै फर्स्याेट भएको छैन।

न्यायपरिषदको तथ्यांकले ढिलाइको चित्र खिचेको छ। गत वर्ष ९४ मध्ये ९३ उजुरी बाँकी छन्। ०८०/८१ को ३५ र यसभन्दा पुराना १७ उजुरी पनि फर्स्याेट हुन सकेका छैनन्।

न्याय परिषद श्राेतका अनुसार उजुरीहरू प्रक्रियामा रहेको छ र धेरै उजुरी फर्स्याेट हुने अन्तिम चरणमा छन्। आगामी बैठकबाट निर्णय हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button