रुस–भारत भेट : ब्रिक्स नेतृत्वको तयारी र सुरक्षा साझेदारीबारे छलफल

काठमाडौं / १६ फेब्रुअरीमा रुसी उप-विदेश मन्त्री सर्गेई रियाबकोभ र भारतीय राजदूत विनय कुमारबीच मस्कोमा महत्त्वपूर्ण भेटवार्ता भएको छ। वैश्विक तथा क्षेत्रीय सुरक्षाका मुद्दाहरूमा दुई पक्षबीच गम्भीर विचारविमर्श भएको बताइएको छ।
उक्त बैठकमा बहुपक्षीय सहकार्यको एजेन्डा पनि प्रमुखताका साथ उठाइएको थियो। विशेषगरी, ब्रिक्स सहकार्यलाई अझ प्रभावकारी बनाउने र सन् २०२६ मा भारतले सम्हाल्ने ब्रिक्सको अध्यक्षताको तयारीबारे दुई पक्षबीच चासोपूर्वक छलफल भएको जनाइएको छ।
यस भेटले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ। रुस र भारतबीच रणनीतिक साझेदारीका साथै अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि निरन्तर सहकार्य हुँदै आएको छ।





