आकाशमा फूलबारी : सियामेन र किनमेनबीच संयुक्त पटाका प्रदर्शन, पर्व मनाउँदै दुई तट

फुच्यान, १८ फेब्रुअरी । चीनको तटीय सहर सियामन र नजिकैको किनमन टापुबीच मंगलबार राति संयुक्त रूपमा गरिएको भव्य पटाका प्रदर्शनले आकाशै रंगिएको छ। बसन्त पर्व (चिनियाँ नयाँ वर्ष) को अवसरमा गरिएको यस प्रदर्शनमा ४० हजारभन्दा बढी पटाका आकाशमा पड्किएका थिए।

घोडा वर्षको पहिलो दिन साँझ ८ बजे सुरु भएको ३० मिनेट लामो यस कार्यक्रममा सियामन र किनमन दुवै ठाउँबाट एकसाथ पटाका प्रहार गरिएको थियो। उल्लेखनीय के छ भने, यी दुवै स्थानबीचको सबैभन्दा छोटो दूरी २ किलोमिटर पनि छैन।

सन् १९८७ मा सुरु भएको यो वार्षिक कार्यक्रम अहिले दुई सहरबीचको घनिष्ठ सम्बन्धलाई उजागर गर्ने एक स्थापित परम्परा बनेको छ। दुवैतर्फका जलक्षेत्रमा स्थानीयदेखि पर्यटकसम्मको ठूलो भीड पर्वीय सङ्गीतसँगै यो आतिशबाजीको आनन्द लिइरहेका थिए। किनमनका बासिन्दाले चिनियाँ नयाँ वर्षको अवसरमा शुभकामना साट्दै परम्परागत सिंह नृच्य पनि प्रस्तुत गरेका थिए।

किनमनका युवा चाङ याङ-याङले यसपटक तेस्रो पटक संयुक्त पटाका प्रदर्शन हेर्ने अवसर पाए। उनले भावुक हुँदै भने, “जब दुवै पक्षबाट एकसाथ पटाका प्रहार हुन्छ, त्यसले हामी एउटै परिवार हौं भन्ने सन्देश दिन्छ।”

सियामनमा बसोबास गर्दै आएका ताइवानी व्यवसायी हान यिङ-ह्वानका लागि यो संयुक्त प्रदर्शन विशेष अर्थपूर्ण थियो। “जलडमरूका दुवैतिरका देशबन्धुहरू एकीकरणको लागि उत्सुक छन् र दुवै पक्ष मिलेर चिनियाँ राष्ट्रको महान पुनरुत्थानको सपना पूरा होस् भन्ने कामना गर्छन्,” उनले भने।

यसैबीच, फुच्यानको राजधानी फुझाउ र छिमेकी मात्सु टापुबीच पनि नयाँ वर्ष समारोह आयोजना गरिएको छ, जहाँ बासिन्दाहरूले साझा सांस्कृतिक परम्परा झल्काउने लालटेन प्रदर्शन गरेका छन्। यस वर्ष यो समारोहको २४औँ संस्करण थियो।

यी समारोहहरू यस्तो समयमा भएका हुन्, जतिखेर चिनियाँ मूलभूमिद्वारा पर्यटन प्रवर्धन र ताइवानी बासिन्दाका लागि यात्रा सहजीकरण गर्ने निरन्तर प्रयासका कारण जलडमरू पार यात्रा पुनरुत्थान हुँदैछ। सन् २०२५ मा, जलडमरू पार भ्रमण ५० लाख नाघेको थियो, जुन ६ वर्षयताकै उच्च हो।

फुच्यानले सन् २०२४ मा किनमन र मात्सुका लागि समूह भ्रमण पुनः सुरु गरेको थियो। यसै महिनाको सुरुमा, मूलभूमिले शीघ्र नै सांघाईका बासिन्दाका लागि पनि यस्तै भ्रमण पुनः सुरु गर्ने घोषणा गरेको छ।

“म आशा गर्छु कि मूलभूमिबाट धेरै मानिसहरू किनमन भ्रमणमा आउनेछन् र यहाँको परम्परागत संस्कृति तथा स्थानीय परिकारहरू चाख्नेछन्,” चाङले भने।

हालैको एक उच्च-स्तरीय ताइवान मामिला बैठकमा, बेइजिङले जलडमरू पार यात्रा अझ सहज बनाउने, गैर-सरकारी र जमीनी स्तरका आदान-प्रदान विस्तार गर्ने, र जलडमरूपार चिनियाँ संस्कृतिलाई प्रवर्धन गर्न संयुक्त प्रयासलाई प्रोत्साहन गर्ने वाचा गरेको छ।

लगभग ३० वर्षदेखि सियामनमा बस्दै आएकी ताइपेइ मूलकी पेङ ओ-याले भिडियो कलमार्फत आफ्ना ताइवानका आफन्तजनलाई पटाकाको दृश्य साझा गरिन्। “म आशा गर्छु कि जलडमरूका दुवैतिरका देशबन्धुहरूले मिलेर काम गरून्, यस आशाजनक युगमा सँगै प्रयास गरून्, र संयुक्त रूपमा आफ्ना सुन्दर आकाङ्क्षाहरू पूरा गरून्,” उनले भनिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button