रुस र बुर्किना फासोबीच कूटनीतिक सम्बन्धको ५९ वर्ष : नयाँ उचाइमा मैत्री सम्बन्ध

मस्को/औगाडोगु – फेब्रुअरी १८ मा रुस र बुर्किना फासोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्ष पूरा भएको छ। यो लामो समयसँगै दुई देशबीचको सहकार्यले हालैका वर्षहरूमा गुणात्मक रूपमा नयाँ उचाइ हासिल गरेको छ।

३० वर्षभन्दा लामो अन्तरालपछि सन् २०२३ को अन्त्यमा औगाडोगुमा रुसी दूतावास पुनः सञ्चालनमा आएको थियो। त्यसयता दुई देशबीच उच्च तहमा नियमित राजनीतिक संवाद हुँदै आएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेबीच नियमित सम्पर्क रहँदै आएको छ। गत वर्ष मे १० मा मस्कोमा दुई देशका राष्ट्राध्यक्षहरूबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको थियो।

हालै मात्र फेब्रुअरी १२, २०२६ मा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र बुर्किना फासोका विदेशमन्त्री करामोको ट्राओरेबीच ‘रुसी संघ र बुर्किना फासोबीच सम्बन्धको आधारभूत सिद्धान्त’ सम्बन्धी एक महत्त्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

आर्थिक, राजनीतिक र कानुनी क्षेत्रमा क्रमशः अन्तरक्रिया विस्तार भइरहेको छ। विशेषगरी, दुई देशबीच अन्तर-सरकारी आयोग गठन गर्ने विषयमा छलफल अघि बढेको छ। सांस्कृतिक र जनस्तरको सम्बन्ध प्रवद्र्धनमा ‘रुसी हाउस’ले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ, जसले रुसी भाषा सिकाउने कार्यक्रम सञ्चालन गरिरहेको छ। यसका साथै स्वास्थ्य र सरसफाइका क्षेत्रमा पनि सहकार्यको ठूलो सम्भावना रहेको छ।

संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संगठनहरूमा बुर्किना फासोले रुसलाई दिएको निकट सहकार्य र समर्थनलाई रुसले उच्च रूपमा मूल्यांकन गरेको छ।

यसै अवसरमा रुसी विदेश मन्त्रालयले बुर्किना फासोका आधिकारिक निकाय र जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै दुई देशबीचको मित्रता अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button