राजाको अभिव्यक्तिमाथि गिरफ्तारीको माग: राष्ट्रवादी बनाम दलालको संग्राम

काठमाडौं, । नेपालको राजनीतिक वृत्तमा एक नयाँ बहस सिर्जना भएको छ। राजा ज्ञानेन्द्र शाहले ७५ओैं प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको सन्देशमा आगामी निर्वाचन जनभावनाविपरीत भएको र राजनीतिक सहमतिमा देशलाई सही ट्र्याकमा ल्याउनुपर्ने धारणा राखेपछि विभिन्न प्रतिक्रियाहरू सार्वजनिक भइरहेका छन्।

प्राध्यापक डा कृष्ण खनालले राजा ज्ञानेन्द्रलाई गिरफ्तार गर्नुपर्ने अभिव्यक्ति दिएपछि यसले राष्ट्रवादीहरूमा तीव्र आक्रोश फैलाएको छ। राष्ट्रवादी महसुस गर्ने नेपालीहरूले खनालको अभिव्यक्तिलाई विदेशी दलालको प्रतिनिधित्व गर्ने सोचको संज्ञा दिएका छन्।

उनीहरूको भनाइमा, हाल देशमा विदेशीका पाल्तु प्यादा राष्ट्रघातीहरूको बाहुल्य रहेको र राष्ट्रवादीहरू अल्पमतमा पर्न बाध्य भएको अवस्था छ। गणतन्त्रको नाममा तीन दशकभन्दा लामो समयसम्म देश निरन्तर लुटिँदा पनि मुखामुख गर्ने खनालजस्ता प्राज्ञिक व्यक्तित्वहरूले आज राजाले देशको भविष्यका लागि बोल्दा गिरफ्तारीको माग गर्नु लाजमर्दो क्रियाकलाप भएको टिप्पणी गरिएको छ।

यसै सन्दर्भमा, गृह मन्त्रालयको भूमिकामाथि पनि प्रश्न उठेको छ। सिंहदरबार जलाउने, हत्या गर्ने तथा चोरी डकैतीमा संलग्न व्यक्तिहरूलाई कारबाही नगर्न निर्देशन दिने गृहमन्त्री रहेको सरकारले नैतिकता, सुशासन र इमानदारीको अपेक्षा गर्नु व्यर्थ भएको राष्ट्रवादीहरूको तर्क छ। उनीहरूले यो सरकारलाई “सोझालाई सुली र चोरलाई चौताराे” भन्ने उक्ति चरितार्थ हुने अवस्था सिर्जना गरेको आरोप लगाएका छन्।

प्रा डा खनालको अभिव्यक्तिप्रति कटाक्ष गर्दै एक राष्ट्रवादीले भने, “तपाईं गुरु होइन, विदेशीले आफ्नो जुवामा नारेको गोरु हुनुहुन्छ। सुशीला कार्कीजस्ता भ्रष्ट व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा पनि मौन रहने तपाईंले आज राजाको अभिव्यक्तिमा आपत्ति जनाउनु तपाईंको परायासेवक प्रवृत्तिलाई उदांगो पारेको छ।”

गणतन्त्रको नाममा ३६ वर्षदेखि भइरहेको निरन्तर लुटतन्त्र र अनैतिक राजनीतिका कारण अहिले कुनै पनि नेता चोखो र नैतिकवान नरहेको टिप्पणी हुँदै आएको छ। जनताले आफैंले छानेका प्रतिनिधिहरूमध्ये कोही ठग, कोही विदेशी दलाल निस्किएको सर्वसाधारणको गुनासो छ।

यस्तो विकट परिस्थितिमा देश रक्षाका लागि बोल्ने कोही नभएको अवस्थामा राजा ज्ञानेन्द्रले बोल्दा उनलाई गिरफ्तार गर्नुपर्छ भन्नु, बरु आफूहरूलाई नै पक्राउ गर्ने साहस देखाउन खनाललाई चुनौती दिनेहरूको कमी छैन। आज देश लुसिफरहरूको भीडले चलाइरहेको र राष्ट्रवादीहरू कुना चेपुवामा पारिएको यस घडीमा, खनालजस्ता विदेशी दलालहरूको अभिव्यक्तिलाई इतिहासले कसरी लिनेछ, त्यो हेर्न बाँकी नै छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button