रुसको विशाल कार्गो जहाज नेपालमा !

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो रुसी विशाल कार्गो जहाज अवतरण भएपछि यात्रु तथा स्थानीयहरूमा उत्सुकता र जिज्ञासा बढेको छ। उक्त रुसी जहाजले काठमाडौंबाट कोलकाता, मुम्बई हुँदै कोलम्बोसम्मको यात्रा तय गरेको थियो। यसैक्रममा उक्त कार्गो जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

विमानस्थल क्षेत्रमा रहेका धेरैले यस जहाजलाई देखेपछि यसको उद्देश्यबारे आपसमा चासो र जागरुकता देखाएको पाइयो। रुसी विशाल कार्गो जहाजको आगमनले केहीबेर यात्रु तथा स्थानीयबीच चासो र उत्सुकताको विषय बनेको थियो।
विश्वभ्रमणको उद्देश्यले यात्रा तय गरेको उक्त विशाल जहाजको आगमन र यसले तय गरेको यात्राले नेपाली आकाशमा एउटा फरक अनुभूति दिएको छ। विश्व परिक्रमाको उद्देश्य रहेको यस जहाजको यात्रा हेर्ने हरेकको मनमा यसको विशालता र यात्राको उद्देश्यप्रति गहिरो सम्मान रहेको छ।

नेपाली जनताको मनमा रुस, रुस सरकार र महान रुसी जनताप्रति उच्च सम्मान र हार्दिकता रहेको छ। रुसी जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएपछि राहतको श्वास लिएको धेरैले प्रतिक्रिया जनाएका छन्। अमेरिकी सेनाको जहाज पटकपटक काठमाडौंमा अवतरण गर्दा आतंकित र सशंकित हुने नेपाली हिजो भने खुशी देखिए।





