चिनियाँ मोडल र नेपालको बाटो : सी विचारले जुरायो गरिबी निवारणको सूत्र

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको आर्थिक दर्शन र गरिबी न्यूनीकरणको मोडल अब नेपालका लागि पनि अनुकरणीय बन्ने संकेत देखिएको छ। फ्रेन्डस् अन दि क्लाउडः प्लेटफर्म अफ इन्फ्ल्यून्सर्स नेपालले आयोजना गरेको एक विशेष संवाद कार्यक्रममा वक्ताहरूले चीनको सफल गरिबी न्यूनीकरण मोडेल नेपालमा लागू गर्न सके ठोस उपलब्धि हासिल हुने धारणा राखेका छन्।

गोरखापत्र अनलाइनका अनुसार, कार्यक्रममा डा. कुसुम शाक्य, डा. अग्नि काफ्ले, डा. विष्णुहरि नेपाल र शोभित उप्रेती लगायतका विज्ञ वक्ताहरूले नेपालको विकासका लागि ठोस खाका प्रस्तुत गर्नुभयो। उहाँहरूले नेपालको पर्यटन प्रवर्द्धन, भौतिक पूर्वाधार निर्माण, भाषा तथा संस्कृतिको संरक्षण र यहाँको शुद्ध पानीलाई ‘मिनरल वाटर’ को रूपमा विश्व बजारमा ब्रान्डिङ गर्न सके गरिबी न्यूनीकरणमा ठूलो फड्को मार्न सकिने सुझाव दिनुभयो।

कार्यक्रममा वक्ताहरूले राष्ट्रपति सी चिनफिङको आर्थिक नीति र गरिबी निवारणको चिनियाँ अभ्यासलाई उच्च प्रशंसा गर्दै त्यसले नेपालजस्तो विकासशील राष्ट्रलाई समेत मार्गदर्शन गर्न सक्ने बताए। चीनले केही दशकमै करोडौं जनतालाई गरिबीबाट माथि उठाएको अनुभव नेपालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको उनीहरूको भनाइ थियो।

नेपालमा अझै पनि ठूलो जनसंख्या गरिबीको रेखामुनि छ। यस्तो अवस्थामा चीनले अपनाएको लक्षित कार्यक्रम, पूर्वाधार विकास र दिगो आर्थिक नीतिले नेपाललाई नयाँ बाटो देखाउन सक्ने वक्ताहरूको ठहर छ। विशेषगरी, चीनको ‘लक्षित गरिबी निवारण’ रणनीतिले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा कार्यक्रममा व्यक्त भयो।

कार्यक्रममा कुटनीतिज्ञ, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। उपस्थित सबैले नेपालको समृद्ध सांस्कृतिक र प्राकृतिक सम्पदालाई पुँजीको रूपमा प्रयोग गर्दै चिनियाँ विकास मोडेलबाट सिक्नुपर्नेमा जोड दिए।

यस संवादले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइ दिनुका साथै विकासको मोडल आदानप्रदानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको आर्थिक चिन्तन अब नेपालको नीति निर्माण तहमा समेत प्रवेश गर्न थालेको यो कार्यक्रमले स्पष्ट संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button