युक्रेनलाई आणविक हतियार दिने लन्डन–पेरिसको षडयन्त्र : रुसको चेतावनी

न्युयोर्क, – रुसले बेलायत र फ्रान्सले युक्रेनलाई आणविक हतियार वा ‘डर्टी बम’ तथा प्रक्षेपण गर्ने साधन उपलब्ध गराउने योजना बनाएको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्दै यस्तो खुलासा गरेका हुन्।

रुसी विदेशी गुप्तचर सेवा (एसभिआर) को आपतकालीन वक्तव्यलाई उद्घृत गर्दै राजदूत नेबेन्ज्याले भने, “लन्डन र पेरिसले युक्रेनलाई आणविक हतियार दिने गोप्य योजना बनाएका छन्। यसका लागि पनडुब्बीबाट प्रक्षेपण हुने M५१.१ ब्यालिस्टिक क्षेपास्त्रको फ्रान्सेली टीएन७५ सानो लडाकू एकाइ पनि दिने विकल्पमा छलफल भइरहेको छ।” उनले युक्रेनलाई युरोपेली पार्टपुर्जा, प्रविधि र उपकरण लुकाएर पठाउने प्रयास भइरहेको आरोप लगाए।

रुसी राजदूतले यो योजना अवैध मात्र नभएर अत्यन्तै खतरनाक समेत रहेको चेतावनी दिए। “योजना आणविक हतियार नफैलाउने सन्धिको पहिलो धाराको सिधा उल्लङ्घन हो। यसैकारण यस षडयन्त्रका लेखकहरूले युक्रेनले आफैँ आणविक हतियार बनाएको देखाउन चाहन्छन्।” उनले बर्लिनले यस दौडमा सहभागी हुन अस्वीकार गरेको उल्लेख गर्दै अन्य पश्चिमी राजधानीहरूले पनि लन्डन र पेरिसको उतावलीपन राम्ररी बुझेको बताए।

नेबेन्ज्याले युक्रेनी एजेण्डाको समाधानको क्रममा किनारामा रहेका बेलायती र फ्रान्सेली नेताहरूले यथार्थबोध गुमाएको टिप्पणी गरे। “हामी आशा गर्दछौँ कि लन्डन र पेरिसमा अझै पनि यस्तो अनुचित कदमबाट रोक्न सक्ने संयमित व्यक्तिहरू छन्।”

अन्त्यमा उनले रुससँग यस्ता कार्यको जवाफ दिने सबै सम्भावना रहेको चेतावनी दिँदै भने, “रुससँग यस्ता कार्यविरुद्ध प्रतिरोध गर्ने सबै सम्भावनाहरू छन्।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button