सेतो हिउँमा रातो कीर्तिमान : आइस विन्टर ओलम्पिकमा चिनियाँ टोलीको एतिहासिक सफलता

बेइजिङ, – चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्ले मिलानो–कोर्टिना २०२६ शीतकालीन ओलम्पिकमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने चिनियाँ टोलीलाई बधाई सन्देश पठाएको छ। विदेशी भूमिमा आयोजित शीतकालीन ओलम्पिकको इतिहासमा चीनले आफ्नै उत्कृष्ट नतिजा हासिल गरेको छ।

चिनियाँ खेलाडीहरूले ५ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जितेर मातृभूमि र जनताको शिर गौरवले उँचो बनाएको बधाई सन्देशमा उल्लेख छ। खेलाडीहरूले असाधारण लगनशीलता र खेल कौशलता प्रदर्शन गरेका छन् भने निष्पक्ष प्रतिस्पर्धा र विश्वभरका खेलाडीहरूसँगको मैत्रीपूर्ण व्यवहारले चीनको नयाँ युगको छवि एकपटक फेरि विश्वसामु उजागर गरेको छ।

सन्देशमार्फत चिनियाँ टोलीलाई खेलकुदमा सशक्त राष्ट्र निर्माण गर्ने लक्ष्यप्रति केन्द्रित हुन आग्रह गरिएको छ। विश्व रङ्गमञ्चमा शीतकालीन खेलकुदमा नयाँ उचाइ हासिल गर्दै ‘३० करोड जनतालाई शीतकालीन खेलकुदमा सहभागी गराउने’ उपलब्धिलाई सुदृढ र विस्तार गर्न पनि निर्देशन दिइएको छ।

खेलाडीहरूलाई चिनियाँ आधुनिकीकरणमार्फत महान् देश निर्माण र राष्ट्रिय पुनरुत्थानको अभियानलाई अगाडि बढाउन नयाँ योगदान गर्न प्रोत्साहन गरिएको छ। यस एतिहासिक सफलताले स्वदेश तथा विदेशमा रहेका चिनियाँ जनतामा देशभक्ति र कठोर परिश्रमको भावना जागृत गराएको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button