जर्मन चान्सलर मेर्जको चीन भ्रमण : द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ

बेइजिङ, – जर्मनीका नवनियुक्त चान्सलर फ्रेडरिक मेर्ज दुईदिने सरकारी भ्रमणका लागि चीन भ्रमणमा छन्। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिँदै यो भ्रमण मेर्जको पदभार ग्रहणपछिको पहिलो चीन भ्रमण भएको बताइन्।

प्रवक्ता माओका अनुसार भ्रमणका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मेर्जसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसैगरी प्रधानमन्त्री ली छियाङले मेर्जसँग वार्ता गर्दै द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा विचार आदानप्रदान गर्नेछन्।

चीन र जर्मनीबीच जित–जितको सहकार्यका लागि व्यापक रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै उनले भनिन्, “दुई देशबीच उच्चस्तरीय भेटवार्ता नियमित रूपमा हुँदै आएका छन् र व्यावहारिक सहकार्य निरन्तर गहिरिँदै गएको छ। हाम्रो पारस्परिक लाभप्रद सहकार्यले दुई देशका जनतालाई मूर्त लाभ पुर्याइरहेको छ।”

विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र भएका दुई देशबीचको सम्बन्धको सुदृढ विकास दुवै देशका लागि मात्र नभएर विश्वकै अपेक्षा रहेको उनले बताइन्। प्रवक्ता माओले भनिन्, “चीन यस भ्रमणलाई जर्मनीसँगको आपसी समझदारी र विश्वास अभिवृद्धि गर्ने, व्यावहारिक सहकार्यलाई गहिरो बनाउने र चीन–जर्मनी सम्बन्धलाई थप उचाइमा पुर्याउने अवसरका रूपमा लिन चाहन्छ। हामी विश्व शान्ति र समृद्धिमा योगदान गर्न पनि तत्पर छौं।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button