युद्धविराम र वार्ता नै समाधानको एकमात्र बाटो : चीन र रूसबीच टेलिफोन वार्तामा सहमति

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी र रूसी विदेश मन्त्री सेर्गेइ लाभरोभबीच टेलिफोन वार्ता भएको छ। मार्च १ तारिख भएको सो वार्तामा दुई नेताबीच अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिबारे विस्तृत छलफल भएको थियो।

वार्ताका क्रममा परराष्ट्र मन्त्री वाङ यीले चीनको स्पष्ट अडान प्रस्तुत गर्दै भने, “तत्काल सैन्य कारबाही बन्द गरिनुपर्छ। छिटोभन्दा छिटो सम्झौता वार्ता पुनःस्थापना गरिनुपर्छ। र एकपक्षीय कारबाहीको विरुद्धमा सबै मिलेर उभिनुपर्छ।” उनले द्वन्द्वको समाधान वार्ता र कूटनीतिक पहलबाट मात्र सम्भव रहेकोमा जोड दिए।

जवाफमा रूसी विदेश मन्त्री लाभरोभले रूसको अडान चीनसँग मिल्दोजुल्दो रहेको बताए। उनले दुई देशबीचको सम्पर्क र समन्वयलाई अझ सुदृढ पार्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। “हामी संयुक्त राष्ट्र संघ र शाङहाई सहयोग संगठनजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमार्फत युद्ध तत्काल बन्द गरी कूटनीतिक सम्झौता वार्ताको प्रक्रियामा फर्कन आह्वान गर्दछौं,” लाभरोभले भने।

दुवै नेताले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा बढ्दो तनावले विश्व शान्ति र स्थिरतामा नकारात्मक असर पुर्याउने भन्दै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button