‘जुलाई १ पदक’ घोषणा : पार्टी स्थापनाको १०५औं वर्षगाँठमा १४ जना सम्मानित

काठमाडौं, २ मार्च : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको १०५औं वर्षगाँठको अवसरमा पार्टीको सर्वोच्च सम्मान ‘जुलाई १ पदक’ प्रदान गरिने भएको छ। सीपीसी केन्द्रीय समितिले आइतबार सार्वजनिक गरेको आधिकारिक सूचनाअनुसार आगामी जुलाई १ मा हुने समारोहमा १४ जना विशिष्ट व्यक्तित्वलाई यो प्रतिष्ठित पदक प्रदान गरिनेछ।
पदक प्राप्त गर्नेहरूमा विज्ञान–प्रविधि, चिकित्साशास्त्र, शिक्षा, कृषि, उद्योग तथा सीमान्तकृत समुदायको उत्थानमा योगदान पुर्याउने विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्व रहेका छन्। उनीहरूमध्ये लिथियम–आयन ब्याट्री प्रविधिका जनक मानिने शिक्षाविद् चेन लिछ्वान, प्रख्यात परमाणु भौतिकशास्त्री पेङ ह्वान्वु, नोबेल पुरस्कार विजेता चिकित्साविद् तु युयो, गरिबी निवारण अभियानकी अग्रणी एवं शिक्षाविद् छाङ क्वेइमेई, उद्यमी तथा परोपकारी व्यक्तित्व ताम अनलगायत रहेका छन्।
सूचनाअनुसार यस अवसरमा उत्कृष्ट पार्टी सदस्य, पार्टी कार्यकर्ता तथा प्रारम्भिक तहका पार्टी संगठनहरूलाई पनि पुरस्कृत गरिनेछ। जुलाई १, सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पार्टीको सर्वोच्च सम्मानको रूपमा रहेको ‘जुलाई १ पदक’ सन् २०१६ मा पार्टीको ९५औं वर्षगाँठको अवसरमा स्थापना गरिएको थियो।





