अमेरिका–इजरायलको आक्रमणको चीनद्वारा विरोध: इरानलाई समर्थनको घोषणा

बेइजिङ, : चीनले अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको सैन्य आक्रमणको भर्त्सना गर्दै अन्तर्राष्ट्रिय कानून विपरीत यस्ता कार्य नगर्न आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शुक्रबार नियमित पत्रकार सम्मेलनमा यी कुराहरू व्यक्त गरेकी हुन्।

इरानका विदेशमन्त्रीले रुस र चीनले इरानलाई राजनीतिक तथा अन्य रूपमा समर्थन गरेको भनेपछि चीनले इरानलाई के कस्तो सहयोग गरिरहेको छ र त्यसमा सैन्य सहयोग समावेश छ वा छैन भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता माओ निङले उक्त धारणा राखेकी हुन्।

उनले भनिन्, “चीन अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै अमेरिका र इजरायलले इरानविरुद्ध गरेको सैन्य आक्रमणको विरोध गर्दछ। हामी इरानले आफ्नो सार्वभौमसत्ता, सुरक्षा, क्षेत्रीय अखण्डता र राष्ट्रिय गौरवको रक्षा गर्न, आफ्नो वैधानिक अधिकार र हितको रक्षा गर्न समर्थन गर्दछौं।”

प्रवक्ता माओ निङले चीन सधैं राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधानको पक्षमा रहेको बताउँदै तत्काल सैन्य कारबाही अन्त्य गर्न, द्वन्द्व फैलिन र थप विकराल हुनबाट रोक्न आह्वान गरिन्। यस अभिव्यक्तिले इरान–इजरायल–अमेरिका त्रिपक्षीय तनावको बीचमा चीनले इरानलाई दिएको राजनीतिक समर्थन स्पष्ट देखाएको छ।

चीनको यो धारणाले अन्तर्राष्ट्रिय मञ्चमा मध्यपूर्वको स्थिरताप्रति बेइजिङको चासो र आफ्नो परराष्ट्र नीतिअनुरूप सार्वभौमसत्ताको सम्मान गर्ने अडानलाई पुनः पुष्टि गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button