इरान आक्रमणमा बेलायतको ‘नाइँ’: स्टार्मरले संसदमै भने हामी सहभागी हुँदैनौं

काठमाडौं – बेलायती प्रधानमन्त्री कीर स्टार्मरले आफ्नो मुलुक अमेरिका र इजरायलद्वारा इरानमाथि भइरहेको आक्रमणमा कुनै पनि रूपमा सहभागी नहुने स्पष्ट पारेका छन्। स्थानीय समयअनुसार मार्च २ गते बेलायती संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री स्टार्मरले कानुनी आधारविनाको सैन्य कारबाही अवैध हुने बताए।

प्रधानमन्त्री स्टार्मरले बेलायतको राष्ट्रिय हित र अन्तर्राष्ट्रिय कानूनप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको यो अडानप्रति असन्तुष्टि जनाएको भए पनि स्टार्मरले बेलायतले आफ्नो संवैधानिक मूल्य र मान्यताअनुसार नै निर्णय लिने बताए।

यसअघि, प्रधानमन्त्री स्टार्मरले अमेरिकालाई चागोस टापुसमूहमा रहेको सैनिक अड्डा इरानमाथि आक्रमणका लागि प्रयोग गर्न दिन अस्वीकार गरेका थिए। तर मार्च १ राति जारी गरेको विज्ञप्तिमा उनले उक्त सैनिक अड्डा प्रतिरक्षात्मक उद्देश्यका लागि मात्र प्रयोग गर्न सकिने सर्तमा सहमति जनाएका छन्।

प्रधानमन्त्री स्टार्मरको यो निर्णयले बेलायतको विदेश नीतिमा देखिएको सन्तुलित दृष्टिकोणलाई उजागर गरेको छ। उनले अन्तर्राष्ट्रिय तनाव कम गर्न र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा पनि जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button