रुकुमदेखि मोरङसम्म: कसको कति?

काठमाडौं, : प्रतिनिधि सभा अन्तर्गत मतगणना जारी रहँदा विभिन्न जिल्लाबाट आएका ताजा अपडेटहरूले केही स्थानमा हैरानी पार्ने खेल भइरहेको देखाएको छ। रुकुम पश्चिम, मोरङ, गुल्मी, रूपन्देही र सर्लाहीका मतगणना केन्द्रहरूमा प्रतिस्पर्धा रोचक बन्दै गएको छ।
रुकुम पश्चिमको मतगणनामा प्रलोपाका जनार्दन शर्माले ४१२ मत प्राप्त गरी अग्रता लिएका छन्। उनलाई नेकपाका गोपाल शर्मा २८७ मतसहित पछ्याइरहेका छन्। कांग्रेसका राजु केसी ८८ मत र रास्वपाका मानबहादुर शाही ४२ मतमा सीमित रहेका छन्।
मोरङ-६ मा भने रास्वपाकी रुविना आचार्यले बाजी मारेकी छिन्। उनले ३ हजार ४ सय २३ मत प्राप्त गर्दै कांग्रेसका नेता शेखर कोइराला (७२८) र एमालेका विनाद ढकाल (६२७) लाई पछि पारेकी छिन्।
गुल्मी १ मा पनि रास्वपाको उदय देखिएको छ। सागर ढकालले ६ सय २२ मत प्राप्त गर्दै एमालेका प्रदिप ज्ञवाली (४४९) र कांग्रेसका चन्द्र भण्डारी (३३६) लाई पछि पारेका छन्। नेकपाका सुदर्शन बराल १७२ मतमा सीमित छन्।
रूपन्देही १ मा भने घण्टी (स्वतन्त्र) का सुनिल लम्लासले अग्रता लिएका छन्। उनले ३ हजार ५ सय ९३ मत पाएका छन् भने हलो (स्वतन्त्र) का प्रज्वल बोहरा १२३७, ताराका घनश्याम यादव ४१७, सूर्यका ददिराम न्यौपाने ४०७ र रूखका हिरा केसीले ७१४ मत प्राप्त गरेका छन्।
मोरङ ३ मा घण्टीको दबदबा देखिएको छ। घण्टीले १०९३ मत प्राप्त गर्दा रूख ९६३, माटो ८९२ र सूर्य २८६ मतमा रहेका छन्।
सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंहले ९७६ मतसहित अग्रता लिएका छन्। कांग्रेस महामन्त्री गगन थापा ७४४ मतसहित पछ्याइरहेका छन् भने जनमतका राजेशकुमार मिश्र ५११ मतमा छन्।
शान्तिपूर्ण रूपमा जारी मतगणनाप्रति मतदाताको चासो बढेको छ। अन्तिम परिणाम आउन केही समय लाग्ने भए पनि प्रारम्भिक रुझानले नतिजा केही नयाँ समीकरण आउने संकेत गरेको छ।





