युक्रेनलाई आणविक हतियार दिएर विश्वमै आगो लगाउने षड्यन्त्र

रुसी संसदद्वारा फ्रान्स र बेलायतविरुद्ध अन्तर्राष्ट्रिय संसदहरूमा आपतकालीन अपील

मस्को / रुसी संसद (स्टेट ड्यूमा) का अध्यक्ष व्याचेस्लाभ भोलोदिनले फ्रान्स र बेलायती नेतृत्वले युक्रेनलाई आणविक हतियार उपलब्ध गराउने योजना बनाएको गम्भीर सूचनापछि विश्व संसदहरूको ध्यानाकर्षण गराएका छन्। उनले यस विषयमा फ्रान्स, इङ्ल्यान्ड, जर्मनीको संसद, युरोपेली संसद र संयुक्त राष्ट्र सङ्घमा आपतकालीन अपील पठाइएको जानकारी दिएका हुन्।

भोलोदिनले आफ्नो आधिकारिक म्याक्स च्यानलमार्फत जारी गरेको भिडियो सन्देशमा बेलायत र फ्रान्सको घातक मनसायको जानकारी जर्मनीको नेतृत्वले समेत लिइसकेकाले बुन्डेसट्याग (जर्मन संसद) लाई पनि यस अपीलमा समावेश गरिएको बताए। “पेरिस र लन्डनको यो इरादा अन्तर्राष्ट्रिय कानुनको, विशेषगरी आणविक हतियारको अप्रसार सम्बन्धी सन्धिको स्पष्ट उल्लङ्घन हुनेछ,” उनले भने।

“हामी हाम्रा अन्तर्राष्ट्रिय सहकर्मीहरूलाई यस्तो विनाशकारी परिदृश्य रोक्न तत्काल कदम चाल्न आग्रह गर्दछौं। उनीहरू आ-आफ्नो देशमा संसदीय छानबिन सुरु गर्न आवश्यक छ, जसको निष्कर्ष जनतासमक्ष सार्वजनिक गरिनुपर्छ,” ड्यूमा अध्यक्षले जोड दिए।

यस कदमलाई रुसले तेस्रो मुलुकमा आणविक हतियारको सम्भावित स्थानान्तरणविरुद्धको कूटनीतिक आक्रमणको रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार, यदि फ्रान्स वा बेलायतले युक्रेनलाई आणविक हतियार उपलब्ध गराएमा युरोपमा आणविक सङ्कटको नयाँ शृङ्खला सुरु हुन सक्छ। रुसले यसलाई अन्तर्राष्ट्रिय सुरक्षा संरचनामाथिको सबैभन्दा ठूलो चुनौतीको रूपमा व्याख्या गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button