कतारमा रहेका नेपालीको सुरक्षाबारे प्रधानमन्त्री सुशीला कार्की र कतारी समकक्षीबीच टेलिफोन वार्ता

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्की र कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीबीच आज दिउँसो टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा दुई नेताबीच क्षेत्रको बदलिँदो परिस्थिति र कतारमा हाल कार्यरत, बसोबास गरिरहेका तथा पारवहन गरिरहेका सबै नागरिक तथा विदेशी नागरिकको सुरक्षाबारे विचार आदानप्रदान भएको थियो।

दुवै नेताले यथाशीघ्र द्वन्द्वको अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रधानमन्त्री कार्कीले कतारमा रहेका नेपाली नागरिकसहित सबै मानिसको सुरक्षा सुनिश्चित गर्न कतारी अधिकारीहरूले लागू गरेको प्रभावकारी कदमको प्रशंसा गरिन्।

कतारका प्रधानमन्त्रीले यो कठिन समयमा फोन गरेर चासो व्यक्त गरेकोमा प्रधानमन्त्री कार्कीप्रति हार्दिक धन्यवाद र प्रशंसा व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button