इरानबाट नेपालीसहित ११७ रुसी नागरिक सुरक्षित निकासी, अस्त्रा नाका हुँदै अजरबैजान प्रवेश

तेहरान – इरानमाथि भएको आक्रमणपछि बढेको तनावका बीच रुसी नागरिकहरूलाई सुरक्षित रूपमा इरानबाट बाहिर निकाल्ने कार्यलाई तीव्रता दिइएको छ। रुसी दूतावासका अनुसार इरान–अजरबैजान, इरान–आर्मेनिया र इरान–तुर्कमेनिस्तान सीमा नाकाहरू हुँदै रुसी नागरिकहरूको सुरक्षित आवतजावत जारी छ।

मंगलबार मात्र अजरबैजानको सीमास्थित अस्त्रा नाका हुँदै ११७ रुसी नागरिकलाई संगठित रूपमा बाहिर निकालिएको छ। यो समूहमा ४५ बालबालिका, सात बेलारुसी नागरिक र एक किर्गिजस्तानी नागरिक रहेको रुसी दूतावासले जनाएको छ। सीमा पार गर्ने कार्य सामान्य अवस्थामा सम्पन्न भएको बताइएको छ।

बुधबार बिहान ती नेपाली तथा अन्य देशका नागरिकलाई रुसी आपतकालीन अवस्था मन्त्रालयको विशेष विमानमार्फत मस्कोस्थित जुकोभस्की विमानस्थलमा सुरक्षित पुर्याइएको छ। इरान र अजरबैजानका अधिकारीहरू, रुसी आपतकालीन अवस्था मन्त्रालय र अजरबैजानस्थित रुसी दूतावासले यो उद्धार कार्यमा सहयोग गरेको जनाइएको छ।

रुसी दूतावासले इरानमा रहेका रुसी नागरिकहरूका लागि २४ सै घण्टा आपतकालीन सम्पर्क नम्बर सञ्चालनमा ल्याएको छ। आवश्यक जानकारी र इरान छाड्न सहयोगका लागि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

इरानमाथिको आक्रमणपछि मध्यपूर्वमा उत्पन्न तनावपूर्ण अवस्थाका बीच रुसले आफ्ना नागरिकहरूलाई सुरक्षित निकासी गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button