चिनियाँ राजनीतिक सल्लाहकार सम्मेलनको वार्षिक सत्र सुरु, राष्ट्रिय विकासको दिशा तय

बेइजिङ — चीनको शीर्ष राजनीतिक सल्लाहकार निकाय, चिनियाँ जनराजनीतिक सल्लाहकार सम्मेलन (सीपीपीसीसी) राष्ट्रिय समितिको वार्षिक सत्र बुधबार बेइजिङमा भव्य रूपमा सुरु भएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्य शीर्ष नेताहरूसहित जन महल (ग्रेट हल अफ द पिपुल)मा आयोजित १४औँ सीपीपीसीसी राष्ट्रिय समितिको चौथो सत्रको उद्घाटन बैठकमा सहभागिता जनाए। उद्घाटन सत्रमा आगामी दिनका लागि एजेन्डा समीक्षा तथा पारित गरिएको थियो।

सो अवसरमा सीपीपीसीसी राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले सीपीपीसीसी राष्ट्रिय समितिको स्थायी समितिको तर्फबाट कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले विगतको उपलब्धि र भविष्यको रणनीतिबारे प्रकाश पार्दै राष्ट्रिय एकता र विकासमा राजनीतिक सल्लाहकार निकायको भूमिकाबारे चर्चा गरे।

चीनको राजनीतिक परामर्शदात्री निकायको यो वार्षिक सत्रले राष्ट्रिय विकासका योजना तथा नीतिहरू निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button