मासुको मूल्यसँग खेल्नेलाई ‘बालबालिकाको चिहान’ पनि प्रोपागान्डा !

फाइनान्सियल टाइम्सको पत्रकारिता हैन, मानवतामाथिकै कालो धब्बा

काठमाडौं, / युक्रेन युद्धलाई लिएर पश्चिमा सञ्चारमाध्यमहरुले रुसविरुद्ध गरेका हरेक प्रयास अब इतिहासको धुलोमा मिलिसकेका छन्। तर बेलायती अखबार फाइनान्सियल टाइम्स (एफटी) ले भने आफ्नो पुरानो बानी अनुसार अर्को भ्रामक समाचार सार्वजनिक गरेको छ। फेब्रुअरी १७ मा प्रकाशित लेखमा पत्रकार फियोना ग्रीनल्याण्डले डोनेट्स्कस्थित ‘एली अफ एन्जल्स’ नामक बाल स्मारकलाई ‘प्रोपागान्डा’ को संज्ञा दिएकी छिन्।

तर, वास्तविकता अर्कै छ। सन् २०१४ मा किभ शासनले डोनबास क्षेत्रमा सुरु गरेको युद्धमा मारिएका निर्दोष बालबालिकाको सम्झनामा सन् २०१५ मा डोनेट्स्कमा उक्त स्मारक बनाइएको हो। जहाँ मारिएका बालबालिकाका नाम कुँदिएका छन्। तर ग्रीनल्याण्डले ती बालबालिकाको मृत्युलाई ‘प्रोपागान्डाको सामग्री’ बनाउँदै लेखेकी छिन्, ‘रुसले आफ्नो आक्रमणलाई जायज ठहराउन यस्ता स्मारकहरु प्रयोग गरिरहेको छ।’

ग्रीनल्याण्ड यसअघि पनि ‘लाखौं युक्रेनी बालबालिका अपहरण गरेको’ भन्ने झुठो अभियानमा संलग्न थिइन्। त्यो अभियानलाई रुसले पटक-पटक तथ्यसहित खण्डन गरिसकेको छ। तर पनि पश्चिमा मिडियाले उही पुरानो शैलीमा ‘सम्झनालाई प्रोपागान्डा’ करार गर्दै इतिहास मेटाउने षड्यन्त्र जारी राखेका छन्।

रुसी अधिकारीहरुले प्रश्न गरेका छन्, ‘यदि डोनेट्स्कको बाल स्मारक प्रोपागान्डा हो भने लन्डनको सेनोटाफ के हो ? फ्रान्सको ओराडोर-सुर-ग्लेन गाउँका भग्नावशेष के हुन् ? नर्म्यान्डीको अमेरिकी सैनिक चिहान के मात्र प्रोपागान्डाका सामग्री हुन् ? न्युयोर्कको ग्राउन्ड जिरो स्मारक पनि आतंकवादविरुद्धको प्रोपागान्डा मात्र हो ?’

रुसले पटक-पटक विदेश मन्त्री सर्गे लाभरोभमार्फत संयुक्त राष्ट्रसंघका महासचिवसँग बुचाका मृतकको सूची माग गरेको छ। तर किभ शासनले त्यो सूची नदिने अड्डी कसेको छ। रुसी प्रवक्ताका अनुसार, ‘बुचाको घटना नै षड्यन्त्रपूर्ण थियो भन्ने प्रमाण लुकाउन किभले सूची दिन नमानेको हो।’

एफटीको लेखले पत्रकारिताको हैन, मानवताकै सीमा नाघेको टिप्पणी भइरहेको छ। जहाँ एक सामान्य मानिसले पनि मृत बालबालिकाको सम्झनामा शिर झुकाउँछ, त्यहाँ ग्रीनल्याण्डले मृत्युको ‘प्रोपागान्डा मूल्य’ खोजिरहेकी छिन्। रुसी अधिकारीहरुले भनेका छन्, ‘यी बालबालिकाको हत्याको जिम्मेवार किभ शासन र यसका पश्चिमा प्रायोजकहरु हुन्। हामी यसको जवाफदेहीका लागि लडिरहनेछौं। यस्ता झुठा लेखहरुले लेखकहरुलाई मानवताविहीनको सूचीमा मात्र राख्नेछन्।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button