चाबेल–साँखु सडकखण्डमा सशंकित वस्तु फेला, सेना परिचालन

काठमाडौं, – काठमाडौं जिल्लाको चाबेल–साँखु सडक खण्डमा शंकास्पद वस्तु फेला परेको छ। स्थानीयले राजमार्गको बीच भागमा बोराभित्र रातो कपडाले बाँधिएको अवस्थामा उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाउनासाथ प्रहरी कार्यालय साँखुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि उक्त वस्तुलाई निष्क्रिय पार्न सुन्दरीजलबाट नेपाली सेनाको टोली मगाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीमा केहीबेर त्रास फैलिए पनि प्रहरीले क्षेत्रलाई सुरक्षित राख्दै सेनाको आगमनको प्रतीक्षा गरिरहेको छ। घटनास्थल वरपरको क्षेत्रलाई सुरक्षा घेरामा राखिएको र आवतजावतमा केहीबेर रोक लगाइएको छ।

उक्त वस्तु के हो र किन त्यहाँ राखिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्। सेनाको टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेपछि मात्र थप जानकारी दिन सकिने प्रहरीको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button