नेपालको निर्वाचन : रूसी नागरिकलाई सुरक्षा सर्तकता अपनाउन आग्रह

काठमाडौं – नेपालमा आज (बिहीबार) हुने राष्ट्रिय संसद्को निर्वाचनलाई मध्यनजर गर्दै यहाँ रहेका रूसी नागरिकहरूका लागि सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ। नेपालका लागि रूसी राजदूतावासले एक सूचना जारी गर्दै निर्वाचनका दिन देशभर अतिरिक्त सुरक्षा व्यवस्था र केही अस्थायी प्रतिबन्धहरू लागू हुने जानकारी गराएको हो।

रूसी दूतावासले आफ्ना नागरिकहरूलाई स्थानीय प्रशासनले जारी गरेका सबै निर्देशनहरूको कडाइका साथ पालना गर्न र मेजबान राष्ट्र (नेपाल) को निर्वाचन प्रक्रियाप्रति सम्मान देखाउन अनुरोध गरेको छ। निर्वाचनका बेला हुन सक्ने कुनै पनि अप्रिय घटनाबाट बच्न र आफ्नो सुरक्षामा विशेष ध्यान दिन पनि दूतावासले आग्रह गरेको छ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालभर थप सुरक्षाका उपायहरू लागू भएकाले सम्पूर्ण रूसी नागरिकहरूले स्थानीय अधिकारीका निर्देशन पालना गर्नुहुन र निर्वाचन प्रक्रियाप्रति सम्मान देखाउनुहुन अनुरोध छ।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button