प्रतिनिधिसभा निर्वाचनको सफल आयोजनामा रुसी दूतावासको बधाई

काठमाडौं: नेपालस्थित रुसी दूतावासले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण एवं मर्यादित रूपमा सम्पन्न भएकोमा सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल र नेपाली जनतालाई हार्दिक बधाई दिएको छ।
रुसी दूतावासद्वारा जारी विज्ञप्तिमा नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रशंसा गर्दै यसलाई लोकतान्त्रिक अभ्यासको सफल उदाहरणको रूपमा उल्लेख गरिएको छ।
यस वर्ष रुस र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ। दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई सम्झँदै रुसी दूतावासले आगामी दिनमा पनि द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी आगामी दिनमा हाम्रो सहकार्यलाई थप विकास गर्दै लैजाने अपेक्षा गर्दछौं।”





