प्रारम्भिक मतगणनामा एमालेको पाँच स्थानमा विजय, विभिन्न क्षेत्रबाट जित दर्ता

काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेकपा (एमाले) ले देशका विभिन्न पाँच निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै प्रारम्भिक नतिजामा आफ्नो उपस्थिति बलियो बनाएको छ। मधेस, सुदूरपश्चिम तथा पहाडी जिल्लाहरूबाट एमालेका उम्मेदवारहरूले महत्वपूर्ण जित निकाल्दै संसद् प्रवेश सुनिश्चित गरेका हुन्।

हालसम्म एमालेबाट निर्वाचित हुने उम्मेदवारहरूमा मोहम्मद इश्तियाक राई, ऐनबहादुर महर, क्षितिज थेवे, राजेन्द्रकुमार राई र लक्ष्मीप्रसाद पोखरेल रहेका छन्।

बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका मोहम्मद इश्तियाक राई २४ हजार ६२८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५९० मत प्राप्त गरेका छन्।

सुदूरपश्चिम प्रदेशको बझाङबाट एमालेका ऐनबहादुर महर १८ हजार ५४३ मतसहित निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ लाई पराजित गरेका हुन्। रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरेका छन्।

त्यसैगरी, ताप्लेजुङबाट उम्मेदवार बनेका एमालेका क्षितिज थेवे १३ हजार ९६२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २५१ मतान्तरले पराजित गरेका हुन्।

धनकुटा निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका राजेन्द्रकुमार राई ३० हजार १०१ मतसहित निर्वाचित भएका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलबहादुर थापाले २८ हजार ७०४ मत प्राप्त गरेका छन्।

यस्तै, दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ६ हजार ७९७ मत मात्र प्राप्त गरेका छन्।

देशभर मतगणना प्रक्रिया अझै जारी रहेकाले आगामी परिणामहरूले राजनीतिक शक्ति सन्तुलन कता झुक्ने भन्नेबारे थप स्पष्ट चित्र दिने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button