खजुरा गोल्डकप : लखनउको जैबीएमएफ एकेडेमी सेमिफाइनलमा, आयोजकलाई १–० ले हरायो

बाँके। खजुरामा जारी खजुरा गोल्डकप फुटबल प्रतियोगितामा भारतको लखनउको जैबीएमएफ एकेडेमी विजयी भएको छ। बुधबार भएको खेलमा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जैबीएमएफ एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ। जैबीएमएफ एकेडेमीका अरुण अधिकारीले ३३ मिनेटमा गरेको गोल नै खेलको निर्णायक रह्यो।

खेलमा जैबीएमएफ एकेडेमीका उमेश म्यान अफ द म्याच घोषित भए। न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।





