१३ कार्तिक २०८३, बिहीबार

नेप्सेमा ३१.५४ अंकको वृद्धि, ८ अर्ब ५७ करोड रुपैयाँको कारोबार

ड्रागन मिडिया समाचार कक्ष

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २,६९५.६० विन्दुमा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अंकले बढेर ४८८.२१ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक २.२७ अंकले बढेर १८७.०१ र सेन्सेटिभ फ्लोट सूचक २.२५ अंकले बढेर १६५.३४ विन्दुमा पुगेका छन्।

आज विभिन्न कम्पनीका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर ८ अर्ब ५७ करोड ९८ हजार ८ सय २३ रुपैयाँमा खरिदबिक्री भएका छन्।

१३ वटै उपसमूहको सूचक बढेको छ। आज १८१ कम्पनीको शेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

बेनी हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन्। नेपाल इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, चिर्ख्वा हाइड्रोपावर र सनराइज ब्लुचिपका लगानीकर्ताले भने गुमाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button