सातै प्रदेशका डीआईजी प्रहरी प्रधान कार्यालयमा बोलाइए

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी प्रधान कार्यालय बोलाएका छन्।
कार्कीले प्रहरी समन्वय समिति (पीसीसी)को बैठक बोलाएपछि प्रदेशका डीआईजीलाई पनि मुख्यालयमा बोलाएका हुन्। पीसीसी बैठक दिउँसो २ बजे बस्ने बताइएको छ। समितिमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी सहभागी हुन्छन्।
डीआईजीलाई किन मुख्यालय बोलाइएको हो भन्ने खुलाइएको छैन।
“हिजै आउन भनिएको थियो। त्यसअनुसार केही आइसक्नुभएको छ, केही आउँदै हुनुहुन्छ,” प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो।





